दशैँ अवधि भर लमजुङ ट्राफिकद्वारा १ लाख ९४ हजार राजस्व संकलन

मर्स्याङदी समाचार, १० कार्तिक
दशैँ अवधिभर जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारीसाधन चेकजाँचलाई तीव्रता दिँदै विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरेको छ।
कार्यालयका अनुसार उक्त अवधिमा १ सय ८३ वटा सवारीसाधन माथि कारबाही गरिएको छ भने कुल १ लाख ९४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक गौतम खत्रीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ६ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। त्यस्तै, यात्रु तथा सर्वसाधारणबाट प्राप्त गुनासोका आधारमा निर्धारित भाडादरभन्दा बढी भाडा लिने १० वटा सवारीसाधनलाई कारबाही गरिएको छ ।
यसैगरी, सिट क्षमताभन्दा बढी यात्रु राख्ने वा सवारीसाधनका अन्य भागमा समेत मानिस राखेर यात्रा गराउने ५७ वटा सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ। हेलमेट तथा सिटबेल्ट प्रयोग नगरी सवारी चलाउने ९ वटा सवारीसाधनमाथि समेत कारबाही गरिएको छ ।
दशैँ अवधिमा जिल्लाभित्र दुईवटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा तीन जना गम्भीर र एक जना सामान्य घाइते भएका थिए । यसरी दुर्घटनामा परी कुल चार जना घाइते भएको विवरणमा उल्लेख छ ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्ने तथा सवारी आवागमनसमेत वृद्धि हुने भएकाले ट्राफिक नियमको पालना, निर्धारित भाडादरको कार्यान्वयन र यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै चेकजाँच तथा निगरानीलाई प्रभावकारी बनाइएको कार्यालय प्रमुख खत्रीको भनाई छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ
मर्स्याङदी समाचार,५ कात्तिक जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले

अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय





प्रतिकृया दिनुहोस