जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

मर्स्याङदी समाचार,५ कात्तिक
जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमजुङको राइनास नगरपालिका–९ स्थायी घर भएका अमृतबहादुर अधिकारी रहेका छन । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार उनलाई बुधबार बेँसीशहर नगरपालिका–२, भकुण्डे क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
अधिकारीलाई लमजुङ जिल्ला अदालतले पाँच वर्ष छ महिना कैद र तीन लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । अदालतको फैसलाअनुसार कैद भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट फरार भएका थिए ।
फरार कैदीको खोजतलास गर्ने क्रममा प्रहरीले अधिकारीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई बाँकी कैद भुक्तानका लागि पुनः कास्की कारागार पठाइएको प्रहरी निरीक्षक नेत्रबहादुर थापाले जानकारी दिनुभयो ।

अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय








प्रतिकृया दिनुहोस