गुरुङ समुदायको परम्परा जोगाउँदै बुद्धिप्रसादले बनाए १३ चर्खा

मर्स्याङदी समाचार, ३० असोज
लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका बुद्धिप्रसाद गुरुङले भेडाको ऊनबाट धागो कात्न प्रयोग गरिने १३ वटा चर्खा निर्माण गरी बिक्री गर्नुभएको छ। नेपाल आदिवासी जनजाति महासंघले प्रतिचर्खा पाँच हजार रुपैयाँका दरले १३ वटा चर्खा खरिद गरेको हो। ती चर्खाको कुल मूल्य ६५ हजार रुपैयाँ रहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा गत भदौ १० गतेदेखि असोज १३ गतेसम्म भुजुङमा सञ्चालन भएको राडीबख्खु बुन्ने तालिममा सहभागी १३ जनालाई उक्त चर्खा प्रदान गरिएको क्व्होलासोथार गाउँपालिकाकी पालिका सदस्य तथा स्थानीय हेमन्त गुरुङले जानकारी दिनुभयो ।
गुरुङ समुदायमा भेडाको ऊनबाट धागो तयार गरी राडीबख्खु बुन्ने परम्परागत सीप र कला प्रचलित छ । यसका लागि चर्खाको प्रयोग गरिन्छ । परम्परागत सीपमा आधारित हस्तकलालाई निरन्तरता दिन र स्थानीय स्रोतसाधनको उपयोग गर्न चर्खाको महत्वपूर्ण भूमिका रहन्छ ।
तालिममा सहभागीलाई चर्खा प्रदान गरिएपछि उनीहरुलाई सिकेको सीप व्यवहारमा उतार्न तथा राडीबख्खु बुन्ने कामलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले गुरुङ समुदायको मौलिक कला, संस्कृति र परम्परागत सीप संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
स्थानीयस्तरमै चर्खा निर्माण गरी बिक्री गरिनुले परम्परागत सीपको संरक्षणसँगै स्थानीय उत्पादनको प्रवद्र्धनमा पनि सहयोग पुगेको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ
मर्स्याङदी समाचार,५ कात्तिक जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले

अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय








प्रतिकृया दिनुहोस