सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति

मर्स्याङदी समाचार, ४ कार्तिक
लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय सुकमाया श्रेष्ठको दुईतले पक्की घरको भान्साकोठा भित्र बालेको दियोबाट सोमबार साँझ अचानक आगलागी भएको हो ।
आगलागी भएको सूचना साँझ ७ बजेर ३५ मिनेटमा प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुन्दरबजार र इलाका प्रहरी कार्यालय भोटेओडारबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगो लागेको १५ मिनेटभित्रै आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भान्साकोठा भित्र रहेका भाँडावर्तन तथा फर्निचरका सामान जलेर करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनामा मानवीय तथा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ
मर्स्याङदी समाचार,५ कात्तिक जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले

अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय








प्रतिकृया दिनुहोस