बाढी प्रभावित चामे र हुम्डेका ३६ परिवारलाई राहत वितरण

मर्स्याङदी समाचार, २ कार्तिक
असोज ९ र १० गते मनाङमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । बाढीपछि राहत वितरणका कार्यक्रम प्रायः सदरमुकाम चामेमा केन्द्रित भइरहेका बेला यसपटक राहतको पहुँचबाट टाढा रहेको हुम्डेका प्रभावित परिवारले पनि राहत सामग्री प्राप्त गरेका छन् ।
सन्ना गुरुङ र साथीहरुको पहल तथा सहयोगमा मनाङको चामे र हुम्डेका ३६ परिवारलाई राहत सामग्री वितरण गरिएको हो । अभियानअन्तर्गत चामेका २३ परिवारलाई डसना, कम्बल, सिरानी, तन्ना, लत्ताकपडा, स्यानिटरी प्याड तथा शिशुका लागि डाइपर लगायतका अत्यावश्यक सामग्री प्रदान गरिएको छ ।
त्यसैगरी, हुम्डेका १३ घरपरिवारलाई डसना, कम्बल, लत्ताकपडा, चामल, भान्सामा प्रयोग हुने भाँडाकुँडा, शिशुका लागि डाइपर तथा बालबालिकाका लागि शैक्षिक सामग्री (स्टेसनरी) वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घले, वडा नम्बर ५ का अध्यक्ष विजय गुरुङ तथा चामे गाउँपालिकाका स्वास्थ्य प्रमुख छोदेन लामाको उपस्थिति रहेको थियो ।
विपद्का कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारलाई लक्षित गरी गरिएको यस सहयोगले उनीहरुको दैनिकी सहज बनाउन केही राहत पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी, यसअघि राहत वितरणको पहुँचमा पुग्न कठिनाइ भएको हुम्डेका प्रभावित परिवारसम्म राहत सामग्री पु¥याउनुले विपद्का बेला दुर्गम क्षेत्रका नागरिकलाई समेत सहयोग आवश्यक रहेको सन्देश दिएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ
मर्स्याङदी समाचार,५ कात्तिक जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले

अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय








प्रतिकृया दिनुहोस