छैटौँ भोटेवडार, तार्कुकोट मिनि म्याराथनमा तनहुँका सनम गुरुङ प्रथम

मर्स्याङदी समाचार, १ कार्तिक
लमजुङको सुन्दरबजार नगरपालिका–८, भोटेवडारमा आयोजित छैटौँ भोटेवडार तार्कुकोट मिनि म्याराथन २०८३ मा तनहुँका सनम गुरुङ प्रथम हुनुभएको छ । उहाँले निर्धारित दूरी ३४ मिनेट ५८ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।
प्रतियोगितामा खोटाङका धिरन राई ३६ मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो हुनुभयो भने ओखलढुंगाका पृथ्वी राईले ३६ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । त्यस्तै, गोरखाका सरोज गिरीले ३८ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै सान्त्वना स्थान प्राप्त गर्नुभयो ।
प्रतियोगितामा १३ वर्षीय सुगम पहारी कान्छा धावकका रुपमा सहभागी हुनुभएको थियो । सुन्दरबजार नगरपालिका–८, लमजुङका पहारीलाई प्रोत्साहनस्वरुप नगद एक हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न स्थानका २४ जना धावक सहभागी भएका थिए । अकला युथ क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको तार्कुकोटको प्रचारप्रसार गर्नुका साथै स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकले लिएको छ ।
तार्कुकोटको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने र खेलकुदका माध्यमबाट पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ
मर्स्याङदी समाचार,५ कात्तिक जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले

अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय








प्रतिकृया दिनुहोस