Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

तरुणदल बेसीशहर नगर समितिद्वारा शुभकामना आदानप्रदान

SITENAME

मर्स्याङदी समाचार, ३० असोज
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणदल बेसीशहर नगर समितिको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । बेसीशहर नगरपालिका–७ स्थित बीपी स्मृति भवनमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुबीच दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको हो ।


तरुणदल बेसीशहर नगर समितिका अध्यक्ष अमृत गुरुङको अध्यक्षता तथा गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस लमजुङका जिल्ला सभापति डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रममा शुभकामना व्यक्त गर्दै सांसद एवं जिल्ला सभापति गुरुङले चाडपर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले चाडपर्वलाई आपसी मेलमिलाप र सद्भावका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा सहभागीहरुले एकअर्कामा शुभकामना साटासाट गर्दै चाडपर्वले समाजमा एकता, सहकार्य र सद्भाव कायम गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरेका थिए ।


नगर समितिका उपाध्यक्ष भीमसेन अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव ज्योति गुरुङले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

मर्स्याङदी समाचार,५ कात्तिक  जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले

SITENAME

अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ

मर्स्याङदी समाचार, ४ कार्तिक  लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ

SITENAME

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति

मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

↑