Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

चलचित्र ‘मलाय क्रमु’को छायाङ्कन सम्पन्न

SITENAME

मर्स्याङदी समाचार, ३० असोज
गुरुङ समुदायको संस्कृति र पारिवारिक सम्बन्धमा आधारित हास्य तथा भावनात्मक चलचित्र ‘मलाय क्रमु’को छायाङ्कन सम्पन्न भएको  छ। असोज ७ गते लमजुङको बेसीसहरबाट शुभमुहूर्तसहित सुरु भएको चलचित्रको छायाङ्कन घनपोखरा र भुजुङमा समेत गरिएको छ । निर्माण टोली पुनः बेसीसहर फर्किएसँगै छायाङ्कन सम्पन्न भएको निर्माण पक्षले जनाएको छ ।


चलचित्रको गीत छायाङ्कनका लागि मनाङ जाने योजना रहे पनि बाढीका कारण सडक अवरुद्ध भएपछि उक्त कार्यक्रम रद्द गरिएको हो । पिटर गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रका निर्माता खेमेन्द्र गुरुङ हुन् । चलचित्रले गुरुङ समुदायमा प्रचलित ‘छोराछोरीको इच्छा बाबाआमाले पूरा गर्छन्, बाबाआमाको इच्छा छोराछोरीले पूरा गर्छन्’ भन्ने मान्यतालाई कथाको मुख्य आधार बनाएको छ । यसमार्फत अभिभावकका अधुरा सपना, सन्तानप्रतिको अपेक्षा र पुस्ताबीच उत्पन्न हुने वैचारिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।


पारिवारिक सम्बन्ध, सामाजिक प्रतिष्ठा र अभिभावकका इच्छाले सन्तानको जीवनमा पार्ने प्रभावलाई हास्य तथा भावनात्मक शैलीमा चित्रण गरिएको चलचित्रले दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै पारिवारिक सम्बन्धबारे सोच्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।


चलचित्रमा विष्णुहरि तिमल्सिनाको छायाङ्कन, जलन गुरुङको लोकेसन साउन्ड रेकर्डिङ, तोसित घतानेको मुख्य सहायक निर्देशन, उदित गेलालको सहायक निर्देशन तथा राजकुमार गुरुङको मेकअप रहेको छ। त्यस्तै, श्याम गुरुङ र रुपेश गुरुङले ग्याफरका रूपमा योगदान दिएका छन्।


चलचित्रमा मनोज गुरुङ, मनिका गुरुङ, धनकुमारी गुरुङ (काशी), मन्जु गुरुङ, गजेन्द्र गुरुङ, खेम जंग गुरुङ, रेशम गुरुङ, प्रतीक जंग तामाङ, आयुष गुरुङ, समिर गुरुङ, कामना तामाङ र देवि कासी गुरुङ लगायत कलाकारको अभिनय रहेको छ ।


निर्माण पक्षका अनुसार चलचित्रको प्रिमियर आगामी मङ्सिर महिनाको अन्तिम सातातिर लमजुङको बेसीसहरमा गरिनेछ । गुरुङ समुदायको संस्कृति, परम्परा र पारिवारिक कथालाई समेटेको ‘मलाय क्रमु’ले गुरुङ समुदायसँगै व्यापक नेपाली दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

मर्स्याङदी समाचार,५ कात्तिक  जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले

SITENAME

अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ

मर्स्याङदी समाचार, ४ कार्तिक  लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ

SITENAME

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति

मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

↑