Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती

SITENAME


मर्स्याङदी समाचार, १७ कातिक ।
 

लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् । जिल्लाको मध्यनेपाल नगरपालिका–१, जिता घर भई हाल काठमाण्डौ बस्दै आएका समिप न्यौपानेले टर्कीमा सम्पन्न गोल्डेन किड्स इन्टरनेशनल कार्यक्रममा सहभागी भई गीतार मार्फत मौलिक प्रस्तुति दिएका हुन् ।


यहि कार्तिक १ गतेदेखि शुरु भएको कार्यक्रममा राष्ट्रिय निर्देशक प्रमिला सिलवालको नेतृत्वमा नेपाली संगीतको प्रतिनिधित्व गर्दै न्यौपानेले कार्यक्रममा सहागिता जनाएका हुन् । अन्तराष्ट्रिय मञ्चमा मौलिक नेपालीपन झल्किने गितार धुनमार्फत न्यौपानेले कार्यक्रमका हजारौँ सहभागीहरुको मन जितेको उनका बुबा सुनिल न्यौपानलेले बताउनुभयो । 


ब्राजिलसँगै एशिया, युरोप र अफ्रिकाबाट ६४ देशको सहभागिता रहेको उक्त कार्यक्रममा समिपको प्रस्तुतीमा नेपाली मौलिकता सुनिएको थियो । आधुनिक बाजा गीतार मार्फत मौलिक नेपाली धुनले समिपको आत्मविश्वास र संगीत प्रतिको समर्पण प्रशंसा योग्य भएको कार्यक्रमका सहभागीहरुले प्रतिक्रिया दिएका थिए । विशिष्ट व्यक्तीहरुबाट १५ वर्षिय न्यौपानेलाई ‘भविष्यको अन्तर्राष्ट्रिय कलाकार’ को अनौपचारिक उपाधी समेत दिएको थियो ।


सानैदेखि संगीतप्रेमी समिप निरन्तर अभ्यास र लगनका कारण उत्कृष्ट गितार वादकका रूपमा पहिचान बनाउँदै आएका छन् । अन्तराष्ट्रिय कार्यक्रममा भएको सहभागिता र उपलब्धिले उनको प्रतिभा प्रोत्साहनमा नयाँ ऊर्जा मिलेको समिपको आमा मिना बर्तौला न्यौपानेको प्रतिकृया छ । 


अन्तराष्ट्रिय कार्यक्रममा नेपाललाई प्रतिनिधित्व गर्दै टर्कीमा पुगेर नेपाली मौलिकता प्रस्तुत गर्न पाएकोमा गर्वको विषय भएको उनले बताएका छन् । भविष्यमा नेपाली संगीतलाई अझ ठूलो मञ्चमा पु¥याउने लक्ष्य राखेको समिपको भनाई छ । 


पुख्र्यौली घर जिता भएर हाल काठमाण्डौमा बस्दै आएका समिप काठमाण्डौकै एनसिसिएस स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् । सगीतप्रतिको लगावसँगै आफ्नो नियमित अध्ययनमा पनि समिति मिहेनती विद्यार्थी हुन् । 

समिपका बुबा सुनिल न्यौपाने पनि आँफैमा गीत संगीतप्रमी रहेका छन् । लोक गीतमा रुचि राख्ने न्यौपानेले आफ्नो रचना तथा अभिनयमा दर्जन गीत बजारमा ल्याईसकेका छन् । न्यौपाने आँफैमा समाजसेवी पनि रहेका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुन श्याम कुमार गुरुङ निर्वाचित

मर्स्याङदी समाचार, लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुनः श्याम कुमार गुरुङ निर्वाचित हुनुभएको छ । आइतवार हङकङमा भएको समितिको १३ औ अधिवेशनबाट

SITENAME

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा

मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क

SITENAME

गुरुङ समाज जापानको अध्यक्षमा लमजुङका अमर गुरुङ सर्वसम्मत

मर्स्याङदी समाचार । लमजुङको दुधपोखरी गाउँपालिका–१, का अमर गुरुङ जापानस्थित गुरुङ समाज क्षेत्रीय समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।