लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुन श्याम कुमार गुरुङ निर्वाचित

मर्स्याङदी समाचार,
लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुनः श्याम कुमार गुरुङ निर्वाचित हुनुभएको छ । आइतवार हङकङमा भएको समितिको १३ औ अधिवेशनबाट गुरुङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा जगत प्रसाद गुरुङ, सचिवमा गमन घले, सहसचिव सन्तोष गुरुङ, कोषाध्यक्षमा मिन बहादुर गुरुङ, सहकोषाध्यक्षमा पञ्चमान गुरुङ हुनुहुन्छ । त्यस्तै गरि सदस्यहरुमा रेवती गुरुङ, कल्पना घले, पुष्पा देवि गुरुङ, ओम कला गुरुङ, पेमा गुरुङ, अमृत गुरुङ, मेनुका गुरुङ, सुनिता गुरुङ, वुद्धि प्रसाद गुरुङ, हर्क वहादुर गुरुङ बेल बहादुर गुरुङ, इन्द्र कमुार गुरुङ, नरेश गुरुङ, निशा गुरुङ, सिता गुरुङ, प्रज्ञा गुरुङ, कविता गुरुङ, प्रितम गुरुङ र किशोर गुरुङ रहेकाछन् ।
अधिवेशनले ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । लमजुङ सेवा समिति हङकङमा वसोवास गर्दै आएका लमजुङवासीहरुको साझा संस्था हो । संस्थाले विभिन्न सामजिक गतिविधि संचालनका साथै समस्यमा परेका लमजुङवासीहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्दे आएको छ भने समितिको ३ वर्षे कार्यकालमा मस्र्याङदी नाइट र अन्य सास्कृतिक कार्यक्रम संचालन गरेर संकलन भएको रकमको २०७१ सालमा लमजुङमा सम्पर्क समिति गठन गरि अक्षककोष स्थापना गरेको छ । सो अक्षकोषबाट जिल्लाको शिक्षा, स्वास्थ्य, विपद र खेलकुदमा सहयोग गर्दै आएको अध्यक्ष श्यमकुमार गुरुङले वताउनुभयो ।

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती
मर्स्याङदी समाचार, १७ कातिक । लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा
मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क

गुरुङ समाज जापानको अध्यक्षमा लमजुङका अमर गुरुङ सर्वसम्मत
मर्स्याङदी समाचार । लमजुङको दुधपोखरी गाउँपालिका–१, का अमर गुरुङ जापानस्थित गुरुङ समाज क्षेत्रीय समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।






प्रतिकृया दिनुहोस