आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा

मर्स्याङदी समाचार, ०९ भदौ ।
आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क शिक्षा दिने भएको छ । लमजुङको मस्र्याङदी गाउँपालिका वडा नम्वर ६ का १२ बर्षिय शिव गुरुङलाई बेसीशहरस्थित विद्या विकास माविले आवाससहित निशुल्क पढाईदिने भएको हो ।
पढाईसँगै फुटवल खेलमा अव्वल गुरुङ यसअघि बाहुनडाँडास्थित चन्द्रोदय माविमा कक्षा आठमा अध्ययन गर्दै आएका थिए । तर पछिल्लो समय पारिवारिक अवस्था निकै कमजोर भएर पढाईलाई निरन्तरता दिन नसक्ने अवस्था पुगेपछि बेसीशहरका सिजन श्रेष्ठको पहलमा गुरुङलाई बेसीशहर ल्याउने व्यवस्था मिलाईएको हो ।
पारिवारिकरुपमा जग्गा जमिन समेत नभएका गुरुङको परिवारमा केहि समय अघिसम्म उनको दिदीले सामान्य कमाई गर्दै आएकी थिईन । तर जिविकोपार्जनका लागि एकमात्र श्रोत बनेकी दिदिको पनि असामयिक निधन भएपछि गुरुङको परिवार छाक टार्नपनि निकै समस्या भएको थियो ।
फुटवल खेलमा रुची भएका गुरुङ बेसीशहरमा आयोजित फुटसल प्रतियोगितामा सहभागी हुँदा उनको खेल कौशलले आँफुलाई आकर्षित गरेको र उनको बारेमा बुझ्दा पारिवारिक अवस्था दयनिय भेटेपछि उनको पढाई र फुटवलका लागि आँफुले पहल गरेको उनको अभिभावक बनेका सिजन श्रेष्ठले बताउनुभयो ।
‘फुटवलमा अव्वल छ, भोलि राष्ट्रिय टिममा उदाउने सम्भावना छ’ श्रेष्ठले भन्नुभयो ‘तर पारिवारिक अवस्था दयनिय रहेछ ।’
गुरुङको पारिवारिक अवस्था बुझेपछि आवाससहितको पढाईलाई निरन्तरता दिन विद्याविकास माविलाई अनुरोध गर्दा विद्यालयले आफ्नो प्रस्ताव स्वीकार गरेपछि ठूलो राहात मिलेको श्रेष्ठको भनाई छ ।
गुरुङका बुबा र आमा जिविकोपार्जनका लागि गाउँमै ज्याला मजदुरी गर्दै आएपनि गुरुङको क्षमता र प्रतिभा अनुसारको भविष्य अन्यौल भएको भन्दै उज्वल भविष्यको लागि अभियाननै शुरु गर्न लागेको श्रेष्ठको भनाई छ ।
‘भविष्यमा फुटवल खेलमा राम्रो सम्भावना भएको एक बालकलाई अवसर दिनसके कुनै एक परिवारको लागि मात्रै नभएर देशकै लागि राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ’ श्रेष्ठको विश्वास छ ।
पढाई र फुटवलमा अव्वल गुरुङको खेल कौशलले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा मौका पाउने सम्भावना रहेकोले उनको क्षमता अभिबृद्धि र उचित व्यवस्थापनका लागि सहयोग जुटाउने क्रममा लागेको श्रेष्ठको भनाई छ । गुरुङको सहयोग अभियानका लागि बाहुनडाँडा घरभई हाल दुवईमा रहेका युवराज गुरुङले पनि साथ दिएको र अन्य सहयोगीहरुसँग अपिल गरीरहेको श्रेष्ठले बताउनुभयो ।
गुरुङलाई औपचारिक अध्ययन र आवासको लागि विद्याविकास माविले निशुल्क व्यवस्था मिलाएको र उनको फुटवल विकासका लागि अम्बोटे फुटसलले सहयोग गर्ने प्रवन्ध गरीएको श्रेष्ठले बताउनुभयो । उचित शिक्षा, वातावरण र अन्य व्यवस्थापन गर्नसके भविष्यमा गुरुङ एक गहनाको रुपमा परिचित हुने दिन आउने भन्दै उनको सहयोगका लागि श्रेष्ठ लगायतको समुहले सहयोगापेक्षीसँग अनुरोध गर्दै आएका छन् ।

लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुन श्याम कुमार गुरुङ निर्वाचित
मर्स्याङदी समाचार, लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुनः श्याम कुमार गुरुङ निर्वाचित हुनुभएको छ । आइतवार हङकङमा भएको समितिको १३ औ अधिवेशनबाट

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती
मर्स्याङदी समाचार, १७ कातिक । लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

गुरुङ समाज जापानको अध्यक्षमा लमजुङका अमर गुरुङ सर्वसम्मत
मर्स्याङदी समाचार । लमजुङको दुधपोखरी गाउँपालिका–१, का अमर गुरुङ जापानस्थित गुरुङ समाज क्षेत्रीय समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।






प्रतिकृया दिनुहोस