Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

मनाङको स्याउबारीको कथा “कृषि क्रान्ती” किम्फ अवार्डको उत्कृष्ट १० मा मनोनित

SITENAME


सन्देश पौडेल, लमजुङ ।

हिमाली जिल्ला मनाङको स्याउ फार्मबारे तयार भएको छोटो बृत्तचित्र अन्तराष्ट्रियस्तरको किम्फ अवार्डका लागी उत्कृष्ट १० मा मनोनित भएको छ । पत्रकार विक्रम न्यौपानेले निर्माण गरेको उक्त बृत्तचित्र काठमाण्डौ अन्तराष्ट्रिय पर्वतिय चलचित्र महोत्सव (किम्फ) २०१९ का लागि उत्कृष्ट १० मा पर्न सफल भएको हो ।
    

किम्फले जारी गरेको विभिन्न विधा अन्तर्गत परिवर्तित नेपाल विधाका लागि “कृषि क्रान्ती” शिर्षकको उक्त बृत्तचित्र उत्कृष्ट १० मा मनोनयन भएको निर्माता/निर्देशक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।


नेपालमा सबैभन्दा पुरानो र अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगिता किम्फमा उत्कृष्ट १० मा मनोनयन भएसँगै उक्त बृत्तचित्र देशका विभिन्न शहर र विदेशमा समेत देखाईने भएको छ । उक्त बृत्तचित्रमा नेपाली भुमीमा कृषि क्रान्तीको कथालाई समेटिएको निर्माता निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।


पछिल्लो समय रोजगारीका लागि लाखौँ युवा विदेसिएका बेला हिमाली जिल्लामा कृषि क्रान्ती गरेर ६० भन्दा बढिलाई रोजगारी र कराडौ रुपैया आम्दानी गरेका युवा समराज गुरुङको कथालाई भिडियोमा समावेश भएको न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार तिन मिनेटको उक्त बृत्तचित्र देश विदेशमा रहेका तर व्यवसायिक कृषीमा इच्छा भएर पनि केहि गर्न नसकेका युवाहरुलाई प्रेरणा मिल्ने दावि  गर्नुभयो ।


वृत्तचित्रमा परम्परागत रुपमा रहेको कृषि प्रणालीलाई आधुनिक र व्यवसायीकरण गर्ने गुरुङ परिवारको कथा प्रस्तुत गरीएको छ । त्यसमा पनि समुन्द्र सतहबाट करिब तीन हजार मिटर माथि उचाई रहेको मनाङमा शिक्षित युवाले गरेको आधुनिक र व्यवसायिक स्याउ खेतीको कथाले लाखौँ युवाहरुलाई उत्प्रेरण दिने निमार्ता एवं निर्देशक न्यौपानेको विश्वास व्यक्त गर्नुभयो ।


मुलुकको राष्ट्रिय आयमा २८ प्रतिशत योगदान पु¥याएको कृषि क्रान्तीलाई भिडियो मार्फत सन्देश दिन खोजिएको छ । सो सँगै परम्मपरागत खेती प्रणाली रहेको देशमा अझैपनि आधुनिक र व्यवसायीक खेती हुन नसकी रहेको अबस्थामा सन् १९८० को दशकमा मनाङमा सुरु भएको स्याउ खेतीको आधुनिकीकरण र पाँचवर्ष अघि एग्रो मनाङ प्रा.ली. ले करोडौँ लगानि गरेर दक्षिण एसियाकै नमुना फार्मको रुपमा विकास गरेको कथालाई भिडियोमा समावेश गरीएको न्यौपानेले बताउनुभयो ।


किम्फ अवार्ड अन्तर्गत परिवर्तित विधामा न्यौपानेको कृषि क्रान्तीसँगै उत्कृष्ट १० मा भिरेन फिल्मको अल्टर द चेन्ज, सविन महर्जन र आशिष बस्नेतको कलर अफ वाटर, लुनिभा बज्रचार्यको दुर्गा, नव विजय प्रकाश श्रेष्ठको एकता पनि परेको छ । यस्तै श्याम कार्कीको केहि छैन, उमेश घोरासयनीको मिर्ग, राजेन्द्र महर्जनको पहिचान, सुदेप्ता अधिकारीको २९६ र दिपक सुव्वाको द रेड स्कार्फ पनि उत्कृष्ट १० मा परेका छन् ।


उत्कृष्ट १० मध्ये आगामी आईतबार काठमाण्डौमा आयोजना हुने एक औपचारिक समारोहमा उत्कृष्ट विजेता घोषणा हुने किम्फले जनाएको छ । उत्कृष्ट विजेताले नगद ४० हजार रुपैया पुरस्कार पाउने छन् । सो बाहेक उपविजेताले नगद ३० र उत्कृष्ट तेश्रोले नगद २० हजार पाउने आयोजकले जनाएको छ ।


 यसअघि पनि न्यौपानेले आफ्नै जन्मस्थल लमजुङको राइनास नगरपालिकाको ऐतिहासिक र पर्यटकीय गन्तव्य ‘राइनासकोट होम स्टे’ बारे बृत्तचित्र तयार पारेका थिए । उक्त पाँच मिनेटको बृत्तचित्र ‘मेरा गाउँ मेरा ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगितामा १३२ वृत्तचित्रमध्ये उत्कृष्ट अवार्ड’ प्राप्त गरेको थियो ।


न्यौपाने हाल काठमाण्डौस्थित जनता टेलिभिजनमा आवद्ध हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा कामगर्दै आउनुभएको न्यौपानेलाई पछिल्लो समय विशेष गरी उत्कृष्ट बृत्तचित्र निर्माण र टेलिभिजन कार्यक्रम निर्माण तथा उत्पादनमा सफलता मिल्दै गएको छ ।


नेपाल वातावरण पत्रकार समूह नेफेजबाट पत्रकारतिामा प्रवेश गर्नुभएका न्यौपानेले लमजुङको राईनास नगरपालिकाको बृत्तचित्र सँगै देशका विभिन्न स्थानिय तह, दर्जनौ प्रमूख पर्यटकिय गन्तव्यहरुको उत्कृष्ट बृत्तचित्र निर्माण गरीसक्नुभएको छ । न्यौपाने लमजुङको राईनास नगरपालिका अन्तर्ग बोराङको स्थायी बासिन्दा हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुन श्याम कुमार गुरुङ निर्वाचित

मर्स्याङदी समाचार, लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुनः श्याम कुमार गुरुङ निर्वाचित हुनुभएको छ । आइतवार हङकङमा भएको समितिको १३ औ अधिवेशनबाट

SITENAME

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती

मर्स्याङदी समाचार, १७ कातिक ।   लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

SITENAME

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा

मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क