Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

गुरुङ समाज जापानको अध्यक्षमा लमजुङका अमर गुरुङ सर्वसम्मत

SITENAME

मर्स्याङदी समाचार ।

लमजुङको दुधपोखरी गाउँपालिका–१, का अमर गुरुङ जापानस्थित गुरुङ समाज क्षेत्रीय समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । जापानको विभिन्न स्थानमा बस्दै आएका गुरुङ समुदायको साझा सँस्था गुरुङ समाज जापानको पहिलो अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।


विगत १४ वर्षदेखि जापानको सेन्दाईमा बस्दै आएका गुरुङ आफ्नो सस्कार संस्कृति संरक्षण र गुरुङ समुदायविच अभियान्ताको रुपमा लाग्दै आएका थिए । प्रवासमा रहेर पनि आफ्नो सस्कार ंसस्कृतिलाई जोगाउन र सवै गुरुङ समुदायलाई संगठित गर्दै सँस्थागत एकताको लागि गठित गुरुङ समाज जापान सेन्दाई क्षेत्रिय समितिको नेतृत्व पाएकोमा खुशी व्यक्त गरेका छन् । 


आगामी दिनहरुमा संस्थागत हितमा अग्रजहरुको परामर्श, समकक्षीहरुसँगको समन्वय सहित आफ्नो क्षमताले भ्याएसम्म आफ्नो जिम्मेबारी पुरा गर्ने अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गरेका छन् । साथै अध्यक्ष गुरुङले जापानमा रहेर संस्थामा जोडिन चाहाने व्यक्तीहरुलाई सम्पर्कमा आउन पनि आग्रह गरेका छन् । 


प्रवासमा रहेर अध्ययनसँगै रोजगारी, विभिन्न पेशा र व्यवसायमा रहेपनि आफ्नो संस्कार संस्कृतिको संरक्षण र सामाजिक अन्तरघुलनका लागि सँस्थाले समन्वय गर्ने अध्यक्ष गुरुङले बताएका छन् । नव निर्वाचित अध्यक्ष गुरुङ यसअघि पहिलो अधिवेशनका लागि गठित तदर्थ समितिको पनि संयोजक रहेका थिए ।  
 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुन श्याम कुमार गुरुङ निर्वाचित

मर्स्याङदी समाचार, लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुनः श्याम कुमार गुरुङ निर्वाचित हुनुभएको छ । आइतवार हङकङमा भएको समितिको १३ औ अधिवेशनबाट

SITENAME

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती

मर्स्याङदी समाचार, १७ कातिक ।   लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

SITENAME

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा

मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क