लमजुङ समाज युकेद्धारा हिलेबजार क्षेत्र तटबन्दन निर्माणका लागि अर्थिक सहयोग

खुशीमाया गुरुङ, १३ चैत
लमजुङ समाज युकेले लमजुङको दोर्दी गाँउपालिका–८ हिलेबजारमा तटबन्धनका लागि सहयोग गरेको छ । गत असारमा गएको बाढीले क्षति पु¥याएको स्थानमा तटबन्दन निर्माणका लागि समाजले आर्थिक सहयोग गरेको हो ।
शनिबार एक कार्यक्रमका विच लमजुङ समाज युकेका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले तटबन्दन निमार्णका पाँच लाख १५ हजार रुपैयाँ दोर्दी गाँउपालिका ८ का वडा अध्यक्ष तुलबहादुर गुरुङ र निर्माण उपभोक्ता समितिका अध्यक्ष सागर गुरुङलाई संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको ।
समाजले केही महिनाअघि पनि तटबन्दन निर्माणको लागि नौ लाख एक हजार ४२ रुपैयाँ सहयोग गरेको थियो । स्थानिय वडा अध्यक्ष गुरुङका अनुसार लमजुङ समाज युकेले हाल सम्म १४ लाख १६ हजार ४२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
युके समाजका सल्लाहकार मोहन सिङ गुरुङको पहलमा युकेमा रहेका लमजुङगे दाजुभाई दिदिबहिनिहरुबाट रकम संकलन गरीएको समाजले जनाएको छ । जोखिममा रहेको हिलेबजारका स्थानियलाई आगामी दिनहरुमा बाढीबाट सुरक्षित हुनकालागि केहि सहयोग होस भनि तटबन्दन निर्माणका लागि सहयोग गरीएको समाजले जनाएको छ ।
बाढीबाट बस्ती जोगाउनका निम्ति लगाएको तटबन्दन हाल निर्माण सम्पन्न भएको वडा अध्यक्ष गुरुङले बताउनु भयो । वडा अध्यक्ष गुरुङको अध्यक्षतमा भएको सो रकम हस्तान्तरण कार्यक्रममा हिले बजार व्यवस्थापन समितिका संयोजक लालबहादुर गुरुङले सहजिकरण गर्नु भएको थियो ।

जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ
मर्स्याङदी समाचार,५ कात्तिक जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दाका एक कैदीलाई प्रहरीले

अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गर्ने एक जना पक्राउ
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको बेसीसहर नगरपालिका–३, सित्तलपाटीस्थित अल्लो प्रशोधन केन्द्रबाट मोटर मेसिन चोरी गरेको आरोपमा एक जना पक्राउ

सुन्दरबजारमा दियोबाट आगलागी, एक लाख रुपैयाँको क्षति
मर्स्याङदी समाचार, ४ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा दियोबाट आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय








प्रतिकृया दिनुहोस