Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

महिला तथा बालबालिकाको सेवामा सहजता थप्दै आरसिडिसि, दुई संस्थालाई सामग्री सहयोग

SITENAME

मर्स्याङदी समाचार, ७ भदौ 

लमजुङका महिला तथा बालबालिकाको संरक्षण, हेरचाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संस्थालाई आवश्यक सामग्री सहयोग गरिएको छ ।

 

जिल्लामा क्रियाशील गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा महिला तथा बालबालिकासँग प्रत्यक्ष रूपमा काम गर्ने संस्थालाई सामग्री सहयोग गरेको हो ।

 

सहयोगअन्तर्गत आइतबार बेसीशहर २ स्थिति आदर्श महिला तथा बाल विकास  केन्द्रद्वारा सञ्चालित बालगृहलाई फ्रिज, सिलिङ फ्यान, चक्ला लगायतका आवश्यक सामग्री प्रदान गरिएको छ। बालगृहलाई करिब ४४ हजार ९ सय रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको आरसिडिसिका बाल संरक्षण अधिकृत बेन्जिर थापाले जानकारी दिनुभयो । 

 

त्यस्तै, जिल्ला प्रहरी कार्यालय लमजुङ अन्तर्गत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई पनि आवश्यक सामग्री उपलब्ध गराइएको छ। महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले केन्द्रलाई ६८ हजार ६ सय ५० रुपैयाँ बराबरका खेल सामग्री तथा कार्यालयका लागि आवश्यक सामग्री प्रदान गरिएको हो । 

 

महिला तथा बालबालिकाले सेवा लिन आउने स्थानलाई सुरक्षित, सहज र सहयोगी बनाउन सामग्री सहयोगले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, सम्बन्धित संस्थाको सेवा प्रवाह क्षमता अभिवृद्धि हुनुका साथै सेवाग्राहीलाई थप सहज वातावरणमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

आरसिडिसि नेपालले स्थानीय सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा महिला तथा बालबालिकाको संरक्षण, विकास र अधिकार प्रवर्द्धनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

 

संस्थाले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा सम्बन्धित निकायसँग सहकार्य गर्दै महिला तथा बालबालिकाको सुरक्षित र सम्मानजनक जीवनका लागि सहयोगलाई निरन्तरता दिने जनाएको छ । 

 

सामग्री हस्तान्तरण कार्यक्रममा आरसिडिसिका कार्यक्रम संयोजक हेमराज बिमली, आरसिडिसिका सदस्य रेनुका ठकुरी, बालगृहका सचिव हुमा गुरुङ, बालबालिका, जिल्ला प्रहरी कार्यालयका प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

त्रिवेणी युवा क्लबको खेलकुददेखि सामाजिक सहयोगसम्म ९६ लाखभन्दा बढी खर्च

खुशी माया गुरुङ ६ भदौ लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक

SITENAME

पत्रकार महासंघको भवन निर्माणमा त्रिवेणी क्लबको ५० हजार सहयोग

मर्स्याङदी समाचार, ६ भदौ लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार

SITENAME

मनाङमा सडक भासिँदा बेसीसहर–चामे सडकमा ठूला सवारी रोकिए

मर्स्याङदी समाचार, ५ भदौ  मनाङको नासों गाउँपालिका–३ खोत्रोमा सडक भासिएपछि बेसीसहर–चामे सडकखण्डमा ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ