Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

त्रिवेणी युवा क्लबको खेलकुददेखि सामाजिक सहयोगसम्म ९६ लाखभन्दा बढी खर्च

SITENAME

खुशी माया गुरुङ ६ भदौ
लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा ९६ लाख १९ हजार १ सय ९६ रुपैयाँ खर्च गरेको छ । क्लबले सार्वजनिक गरेको आय,व्यय विवरणमा उक्त रकम विभिन्न २ दर्जनभन्दा बढी शीर्षकमा खर्च भएको उल्लेख छ ।


क्लबको विवरणअनुसार खेलाडी प्रोत्साहन तथा खेल सामग्री खरिदमा ४ लाख रुपैयाँ, बाजा तथा जर्सी खरिदमा १ लाख १२ हजार ८ सय रुपैयाँ, आमन्त्रित टिम व्यवस्थापनमा १५ लाख २ हजार ५ सय ५० रुपैयाँ र प्याराफिट व्यवस्थापनमा ७ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।


त्यस्तै, त्रिवेणी क्लब फुटबल टिम व्यवस्थापनमा ७ लाख ६१ हजार ५ सय रुपैयाँ, अतिथि सत्कार एवं स्वयंसेवक व्यवस्थापनमा ५ लाख १ हजार ३ सय ५५ रुपैयाँ, रेफ्रि खाना, खाजा तथा व्यवस्थापनमा ५ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । प्रत्यक्ष प्रसारणतर्फको मिडिया खर्चमा १ लाख ३४ हजार रुपैयाँ र स्थानीय मिडिया खर्चमा ५० हजार रुपैयाँ खर्च भएको क्लबका कोषाध्यक्ष केश रानाले जानकारी दिनु भयो । 


कोषाध्यक्ष रानाका अनुसार खेलमैदान मर्मत तथा सामग्री खरिदमा ७ लाख ४६ हजार ४ सय ५५ रुपैयाँ, मायाको चिनो एवं मेडल, ट्रफीमा ३ लाख ५६ हजार २ सय १० रुपैयाँ, ब्यानर प्रिन्टिङ तथा छपाइमा ३ लाख २० हजार ८ सय ९० रुपैयाँ खर्च भएको छ । मिनरल वाटर तथा पिउने पानीमा २६ हजार ४ सय ८० रुपैयाँ, प्राथमिक उपचार तथा सरसफाइमा ४१ हजार ८ सय ३० रुपैयाँ र शौचालय व्यवस्थापनमा २७ हजार ६ सय ८० रुपैयाँ खर्च भएको छ ।


यसैगरी, साधारण सभा तथा पत्रकार सम्मेलनमा २७ हजार ४ सय ७४ रुपैयाँ, लेखापरीक्षण शुल्कमा २० हजार रुपैयाँ, यातायात तथा सञ्चारमा ६० हजार ९ सय रुपैयाँ, टिन घेरबार व्यवस्थापनमा १ लाख ५० हजार रुपैयाँ र साउण्ड सिस्टम तथा स्टेज सजावटमा १ लाख ४७ हजार ८ सय रुपैयाँ खर्च गरिएको छ । पुरस्कार वितरणमा ११ लाख ७५ हजार रुपैयाँ तथा रेफ्री, लाइन्सम्यान र म्याच अफिसियललगायतका खर्चमा ८४ हजार ५ सय रुपैयाँ खर्च भएको क्लबको विवरणमा उल्लेख छ ।


क्लबले खेलकुदबाहेक सामाजिक तथा मानवीय सहयोगका क्षेत्रमा समेत रकम खर्च गरेको जनाएको छ । आर्थिक सहयोग तथा अन्य कार्यक्रम सञ्चालनअन्तर्गत क्यान्सर बिरामीलाई ५० हजार रुपैयाँ, सावित्री भण्डारी साम्बालाई १ लाख ५० हजार रुपैयाँ, सुनचाँदी व्यवसायीलाई १० हजार रुपैयाँ, उद्योग वाणिज्य संघलाई २० हजार रुपैयाँ र नेपाल पत्रकार महासंघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको विवरणमा उल्लेख छ ।


त्यस्तै, ह्युल्स गुम्बालाई १ लाख रुपैयाँ आर्थिक सहयोग, तिहार लाइट व्यवस्थापनमा १ लाख ३९ हजार ४ सय ५७ रुपैयाँ, त्रिवेणी साँझमा ५ लाख १९ हजार ५४ रुपैयाँ, चैते दसैँमा ६४ हजार रुपैयाँ, मनाङे चौतारा मर्मतमा १८ हजार रुपैयाँ र स्वास्थ्य शिविर सञ्चालनमा ४७ हजार रुपैयाँ खर्च गरिएको छ ।


क्लबले घलेगाउँ फुटबल प्रतियोगितामा सहभागिताका लागि ५ लाख ९ सय १ रुपैयाँ, अन्डर–फोर्टिन फुटबलमा सहभागिताका लागि १६ हजार रुपैयाँ तथा शिवरात्रिमा त्रिवेणी मन्दिर कार्यक्रमका लागि १२ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।


क्लबले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२÷०८३ मा खेलकुद विकाससँगै सामाजिक सहयोग, स्वास्थ्य, संस्कृति, पूर्वाधार तथा सामुदायिक कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ । क्लबको मुख्य खर्च खेलकुद प्रतियोगिता तथा त्यसको व्यवस्थापनमा भए पनि विभिन्न व्यक्ति, संस्था र समुदायलाई आर्थिक सहयोगसमेत गरिएको देखिन्छ ।


क्लबले आर्थिक वर्षमा विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोगलाई सामाजिक तथा सामुदायिक क्षेत्रमा परिचालन गरेको जनाएको छ । विवरणअनुसार विदेशी संस्थागत सहयोगतर्फ १३ लाख ४८ हजार ५ सय १२ रुपैयाँ तथा स्वदेशी संस्थागत सहयोगतर्फ ३० लाख २५ हजार रुपैयाँ प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

महिला तथा बालबालिकाको सेवामा सहजता थप्दै आरसिडिसि, दुई संस्थालाई सामग्री सहयोग

मर्स्याङदी समाचार, ७ भदौ  लमजुङका महिला तथा बालबालिकाको संरक्षण, हेरचाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संस्थालाई आवश्यक

SITENAME

पत्रकार महासंघको भवन निर्माणमा त्रिवेणी क्लबको ५० हजार सहयोग

मर्स्याङदी समाचार, ६ भदौ लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार

SITENAME

मनाङमा सडक भासिँदा बेसीसहर–चामे सडकमा ठूला सवारी रोकिए

मर्स्याङदी समाचार, ५ भदौ  मनाङको नासों गाउँपालिका–३ खोत्रोमा सडक भासिएपछि बेसीसहर–चामे सडकखण्डमा ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ