पत्रकार महासंघको भवन निर्माणमा त्रिवेणी क्लबको ५० हजार सहयोग

मर्स्याङदी समाचार, ६ भदौ
लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार बेसीशहर नगरपालिका–७ स्थित बरण्डा रेष्टो एण्ड इभेन्टमा आयोजित कार्यक्रममा त्रिवेणी युवा क्लबले महासंघलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष टेकजंग गुरुङ, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल तथा क्लबका संस्थापक अध्यक्ष कृष्णबहादुर अधिकारीको उपस्थितिमा उक्त रकमको चेक नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेललाई हस्तान्तरण गरिएको हो । त्रिवेणी युवा क्लबको आर्थिक वर्ष २०८२÷८३ को आय,व्यय प्रस्तुत तथा सम्मान कार्यक्रमका बीच महासंघको भवन निर्माणमा सहयोगस्वरुप उक्त रकम प्रदान गरिएको क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष टेकजंग गुरुङले पत्रकार महासंघको भवन निर्माणमा आफ्नो संस्थाको तर्फबाट थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सामाजिक तथा सामुदायिक क्षेत्रमा सक्रिय क्लबले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने उहाँको भनाइ थियो ।
कार्यक्रम त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजंग गुरुङको अध्यक्षता तथा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा क्लबका उपाध्यक्ष इन्द्र रानाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा क्लबको आर्थिक वर्ष २०८२÷८३ को आय,व्यय विवरण प्रस्तुत गर्नुका साथै क्लबका गतिविधिमा योगदान पु¥याउने विभिन्न व्यक्तित्व तथा सदस्यलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, क्लबका पदाधिकारी तथा सदस्य, सामाजिक व्यक्तित्वलगायतको सहभागिता रहेको थियो ।
त्रिवेणी युवा क्लबले खेलकुद, सामाजिक सेवा तथा विभिन्न सामुदायिक गतिविधिमार्फत बेसीशहर क्षेत्रमा आफ्नो सक्रियता देखाउँदै आएको छ ।

महिला तथा बालबालिकाको सेवामा सहजता थप्दै आरसिडिसि, दुई संस्थालाई सामग्री सहयोग
मर्स्याङदी समाचार, ७ भदौ लमजुङका महिला तथा बालबालिकाको संरक्षण, हेरचाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संस्थालाई आवश्यक

त्रिवेणी युवा क्लबको खेलकुददेखि सामाजिक सहयोगसम्म ९६ लाखभन्दा बढी खर्च
खुशी माया गुरुङ ६ भदौ लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक

मनाङमा सडक भासिँदा बेसीसहर–चामे सडकमा ठूला सवारी रोकिए
मर्स्याङदी समाचार, ५ भदौ मनाङको नासों गाउँपालिका–३ खोत्रोमा सडक भासिएपछि बेसीसहर–चामे सडकखण्डमा ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ






प्रतिकृया दिनुहोस