मनाङमा सडक भासिँदा बेसीसहर–चामे सडकमा ठूला सवारी रोकिए

मर्स्याङदी समाचार, ५ भदौ
मनाङको नासों गाउँपालिका–३ खोत्रोमा सडक भासिएपछि बेसीसहर–चामे सडकखण्डमा ठूला सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
अविरल वर्षाका कारण बिहीबार राति करिब २ बजेतिर मर्स्याङदी नदीको बहाव बढ्दा सडकको करिब २० देखि २५ मिटर भाग ग्याबिनसहित भासिएको हो । सडक छेउमा लगाइएको जालीसमेत नदीले बगाएपछि शुक्रबार बिहानसम्म उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बिहान करिब ६ः२० बजे सडक अवरुद्ध भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धारापानीबाट प्रहरी नायब निरीक्षक ओमबहादुर थापाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
लालुपाते हाइड्रोपावरको मेसिन प्रयोग गरी सामान्य मर्मत गरेपछि हाल हलुका सवारीसाधन भने सञ्चालनमा आएका छन् । तर सडकको अवस्था जोखिमपूर्ण रहेकाले ठूला सवारीसाधन सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख डीएसपी कोपिला चुडालले बताइन्। जलविद्युत आयोजनाका सामग्री बोक्ने ठूला सवारीसाधनसमेत सडकमै रोकिएका छन् ।
सडक भासिएको स्थान इलाका प्रहरी कार्यालय धारापानीबाट करिब ३ किलोमिटर दक्षिणतर्फ तथा बेसीसहरबाट करिब ४० किलोमिटर उत्तरमा पर्छ ।
सडकलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । लगातार वर्षा भइरहेकाले सडकमा थप क्षति हुन सक्ने भन्दै प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

महिला तथा बालबालिकाको सेवामा सहजता थप्दै आरसिडिसि, दुई संस्थालाई सामग्री सहयोग
मर्स्याङदी समाचार, ७ भदौ लमजुङका महिला तथा बालबालिकाको संरक्षण, हेरचाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संस्थालाई आवश्यक

त्रिवेणी युवा क्लबको खेलकुददेखि सामाजिक सहयोगसम्म ९६ लाखभन्दा बढी खर्च
खुशी माया गुरुङ ६ भदौ लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक

पत्रकार महासंघको भवन निर्माणमा त्रिवेणी क्लबको ५० हजार सहयोग
मर्स्याङदी समाचार, ६ भदौ लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार






प्रतिकृया दिनुहोस