बेसीशहर नगरपालिकाका दुई कर्मचारीलाई बिदाई

मर्स्याङदी समाचार, ३ भदौ
बेसीशहर नगरपालिकामा कार्यरत कार्यालय सहयोगी बेलकुमारी थापा र बालुकुमारी घिमिरेको अनिवार्य अवकाशको अवसरमा बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगरपालिकामा लामो समयसम्म सरकारी सेवामा रही उहाँहरुले निर्वाह गर्नुभएको जिम्मेवारी, योगदान, सेवाभाव र समर्पणको उच्च प्रशंसा गर्दै सम्मानपूर्वक बिदाई गरिएको थियो । उहाँहरुको लामो सेवाकालमा नगरपालिकाको सेवा प्रवाह तथा कार्यालय सञ्चालनमा पु¥याउनुभएको योगदानप्रति बेसीशहर नगरपालिका परिवारले सम्मान तथा कृतज्ञता व्यक्त गरेको छ ।
बिदाई कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालले कर्मचारीको अवकाश सेवा यात्राको अन्त्य मात्र नभई नयाँ जीवनको सुरुवात पनि भएको उल्लेख गर्दै अवकाशपछिको जीवनलाई अझ सुखद र सिर्जनात्मक बनाउन शुभकामना व्यक्त गरेका थिए। साथै, उहाँहरुले सेवाका क्रममा हासिल गर्नुभएको अनुभव र योगदान सदैव स्मरणीय रहने बताउनु भयो ।
नगरपालिका परिवारले थापा र घिमिरेको आगामी अवकाश जीवन सुखद, स्वस्थ, शान्तिमय, सम्मानपूर्ण एवं समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ । साथै, आगामी दिनहरु परिवार, समाज र आफ्ना रुचिका क्षेत्रमा सक्रिय हुँदै सुखपूर्वक बितून् भन्ने कामनासमेत गरिएको छ ।

महिला तथा बालबालिकाको सेवामा सहजता थप्दै आरसिडिसि, दुई संस्थालाई सामग्री सहयोग
मर्स्याङदी समाचार, ७ भदौ लमजुङका महिला तथा बालबालिकाको संरक्षण, हेरचाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संस्थालाई आवश्यक

त्रिवेणी युवा क्लबको खेलकुददेखि सामाजिक सहयोगसम्म ९६ लाखभन्दा बढी खर्च
खुशी माया गुरुङ ६ भदौ लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक

पत्रकार महासंघको भवन निर्माणमा त्रिवेणी क्लबको ५० हजार सहयोग
मर्स्याङदी समाचार, ६ भदौ लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार






प्रतिकृया दिनुहोस