Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

चौथो गुरुङ भाषा प्रसारण दिवसका अवसरमा गौरी तमू सम्मानित

SITENAME

मर्स्याङदी समाचार, २ भदौ
चितवनको संचार माध्यमबाट पहिलो पटक तमू (गुरुङ) भाषाको पत्रकारितालाई अघि बढाउन योगदान पु¥याएकी सञ्चारकर्मी तथा साहित्यकार गौरी तमू सम्मानित भएकी छन् । तमू सञ्चारकर्मी संघ नेपालले चौथो गुरुङ भाषा प्रसारण दिवसका अवसरमा उनलाई सम्मान गरेको हो ।


इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश सामुदायिक होमस्टेमा आयोजित कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्वअध्यक्ष डण्ड गुरुङले गौरीलाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।
गौरीले २०५९ फागुन १ गते चितवनको कालिका एफएमबाट तमू भाषामा कार्यक्रम सञ्चालन गर्दै मातृभाषाको सञ्चार यात्रालाई अघि बढाएकी थिइन् । उनी तमू साहित्यिक मञ्चकी संस्थापक अध्यक्षसमेत हुन् । तमू सञ्चारकर्मी संघ नेपालले मातृभाषामा समाचार तथा कार्यक्रम प्रकाशन र प्रसारणमा योगदान पु¥याउने अग्रज सञ्चारकर्मीलाई विगत चार वर्षदेखि सम्मान गर्दै आएको छ ।


संघका अध्यक्ष लाला गुरुङका अनुसार २०५१ भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक गुरुङ, तामाङ, मगरलगायत मातृभाषामा समाचार प्रसारण सुरु भएको थियो । मातृभाषामा सञ्चारको सुरुवात भएको उक्त दिनको स्मरणमा संघले प्रत्येक वर्ष भदौ १ गते गुरुङ भाषा प्रसारण दिवस मनाउँदै आएको हो । दिवसकै अवसरमा यसअघि गोविन्द गुरुङ, गणेशमान गुरुङ र अनिता गुरुङलाई पनि सम्मान गरिसकिएको संघले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

महिला तथा बालबालिकाको सेवामा सहजता थप्दै आरसिडिसि, दुई संस्थालाई सामग्री सहयोग

मर्स्याङदी समाचार, ७ भदौ  लमजुङका महिला तथा बालबालिकाको संरक्षण, हेरचाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संस्थालाई आवश्यक

SITENAME

त्रिवेणी युवा क्लबको खेलकुददेखि सामाजिक सहयोगसम्म ९६ लाखभन्दा बढी खर्च

खुशी माया गुरुङ ६ भदौ लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक

SITENAME

पत्रकार महासंघको भवन निर्माणमा त्रिवेणी क्लबको ५० हजार सहयोग

मर्स्याङदी समाचार, ६ भदौ लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार