गण्डकी प्रदेश साइक्लिङ संघको सदस्यमा लमजुङका प्रधान र लामिछाने

मर्स्याङदी समाचार, ३१ साउन
पोखरामा सम्पन्न गण्डकी प्रदेश साइक्लिङ संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट लमजुङका दुई जना साइक्लिङकर्मी प्रदेश कार्यसमितिमा निर्वाचित भएका छन् । साइक्लिङ संघ लमजुङका अध्यक्ष ध्रुर्वराम प्रधान र सदस्य सञ्जोक लामिछाने गण्डकी प्रदेश साइक्लिङ संघको सदस्य पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
अशोक चालिसेको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रमिला गुरुङ र भीमबहादुर सुनार, सचिवमा वामन चालिसे, कोषाध्यक्षमा रविस्वर आचार्य र सहसचिवमा डा. पदम घले चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा केबी शाही, अरुण पौडेल, धीरज थापासहित लमजुङका ध्रुर्वराम प्रधान र सञ्जोक लामिछाने निर्वाचित हुनुभएको छ । प्रदेश कार्यसमितिमा लमजुङका दुई जना प्रतिनिधित्व भएसँगै जिल्लामा साइक्लिङ खेलको विकास, प्रवद्र्धन तथा खेलाडी उत्पादनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महिला तथा बालबालिकाको सेवामा सहजता थप्दै आरसिडिसि, दुई संस्थालाई सामग्री सहयोग
मर्स्याङदी समाचार, ७ भदौ लमजुङका महिला तथा बालबालिकाको संरक्षण, हेरचाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संस्थालाई आवश्यक

त्रिवेणी युवा क्लबको खेलकुददेखि सामाजिक सहयोगसम्म ९६ लाखभन्दा बढी खर्च
खुशी माया गुरुङ ६ भदौ लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक

पत्रकार महासंघको भवन निर्माणमा त्रिवेणी क्लबको ५० हजार सहयोग
मर्स्याङदी समाचार, ६ भदौ लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार






प्रतिकृया दिनुहोस