Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बाल स्पोन्सरसिप कार्यक्रमअन्तर्गत ५७ बालबालिकालाई विदाई

SITENAME

मर्स्याङदी समाचार, ३१ साउन
लमजुङमा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको सहकार्यमा सञ्चालित बाल स्पोन्सरसिप कार्यक्रममा दर्ता भएका ५७ जना बालबालिकालाई विदाई गरिएको छ । बेसीशहर नगरपालिका–३, काउलेपानीमा शनिबार र आइतबार आयोजित विदाई तथा धन्यवाद कार्यक्रममा बालबालिकालाई विदाई गरिएको हो । 


जिल्लामा सञ्चालित बाल स्पोन्सरसिप कार्यक्रम सन् २०२८ मा सम्पन्न हुने भएकाले कार्यक्रमअन्तर्गत दर्ता भएका बालबालिकाको संख्या क्रमशः घटाउँदै लैजाने योजना रहेको वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायभन्दा बाहिर बसोबास गर्ने तथा समुदायमै रहेका बालबालिकालाई क्रमशः कार्यक्रमबाट विदाई गरिँदै आएको छ ।


कार्यक्रममा बोल्दै जिल्ला संयोजक गुरुङले वर्ल्ड भिजन इन्टरनेशनलको इतिहास तथा संस्थाले बालबालिकाको क्षेत्रमा गर्दै आएका कामबारे जानकारी गराउनुभएको थियो । साथै, बाल स्पोन्सरसिप कार्यक्रमबाट विदाई भए पनि आगामी दिनमा बालबालिकाले संस्थामार्फत सञ्चालन हुने विभिन्न कार्यक्रम तथा गतिविधिमा कसरी सहभागी हुन सक्ने भन्नेबारे जानकारी गराइएको थियो ।


कार्यक्रममा विदाई भएका बालबालिकालाई कार्यक्रमको उद्देश्य, हालसम्म प्राप्त सहयोग तथा आगामी दिनमा अपनाउनुपर्ने जिम्मेवारीबारे समेत जानकारी दिइएको थियो ।


 

प्रतिकृया दिनुहोस
SITENAME

महिला तथा बालबालिकाको सेवामा सहजता थप्दै आरसिडिसि, दुई संस्थालाई सामग्री सहयोग

मर्स्याङदी समाचार, ७ भदौ  लमजुङका महिला तथा बालबालिकाको संरक्षण, हेरचाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संस्थालाई आवश्यक

SITENAME

त्रिवेणी युवा क्लबको खेलकुददेखि सामाजिक सहयोगसम्म ९६ लाखभन्दा बढी खर्च

खुशी माया गुरुङ ६ भदौ लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक

SITENAME

पत्रकार महासंघको भवन निर्माणमा त्रिवेणी क्लबको ५० हजार सहयोग

मर्स्याङदी समाचार, ६ भदौ लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार