लमजुङ समाज युकेद्धारा हिलेबजार क्षेत्र तटबन्दन निर्माणका लागि अर्थिक सहयोग

खुशीमाया गुरुङ, १३ चैत
लमजुङ समाज युकेले लमजुङको दोर्दी गाँउपालिका–८ हिलेबजारमा तटबन्धनका लागि सहयोग गरेको छ । गत असारमा गएको बाढीले क्षति पु¥याएको स्थानमा तटबन्दन निर्माणका लागि समाजले आर्थिक सहयोग गरेको हो ।
शनिबार एक कार्यक्रमका विच लमजुङ समाज युकेका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले तटबन्दन निमार्णका पाँच लाख १५ हजार रुपैयाँ दोर्दी गाँउपालिका ८ का वडा अध्यक्ष तुलबहादुर गुरुङ र निर्माण उपभोक्ता समितिका अध्यक्ष सागर गुरुङलाई संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको ।
समाजले केही महिनाअघि पनि तटबन्दन निर्माणको लागि नौ लाख एक हजार ४२ रुपैयाँ सहयोग गरेको थियो । स्थानिय वडा अध्यक्ष गुरुङका अनुसार लमजुङ समाज युकेले हाल सम्म १४ लाख १६ हजार ४२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
युके समाजका सल्लाहकार मोहन सिङ गुरुङको पहलमा युकेमा रहेका लमजुङगे दाजुभाई दिदिबहिनिहरुबाट रकम संकलन गरीएको समाजले जनाएको छ । जोखिममा रहेको हिलेबजारका स्थानियलाई आगामी दिनहरुमा बाढीबाट सुरक्षित हुनकालागि केहि सहयोग होस भनि तटबन्दन निर्माणका लागि सहयोग गरीएको समाजले जनाएको छ ।
बाढीबाट बस्ती जोगाउनका निम्ति लगाएको तटबन्दन हाल निर्माण सम्पन्न भएको वडा अध्यक्ष गुरुङले बताउनु भयो । वडा अध्यक्ष गुरुङको अध्यक्षतमा भएको सो रकम हस्तान्तरण कार्यक्रममा हिले बजार व्यवस्थापन समितिका संयोजक लालबहादुर गुरुङले सहजिकरण गर्नु भएको थियो ।

महिला तथा बालबालिकाको सेवामा सहजता थप्दै आरसिडिसि, दुई संस्थालाई सामग्री सहयोग
मर्स्याङदी समाचार, ७ भदौ लमजुङका महिला तथा बालबालिकाको संरक्षण, हेरचाह र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न संस्थालाई आवश्यक

त्रिवेणी युवा क्लबको खेलकुददेखि सामाजिक सहयोगसम्म ९६ लाखभन्दा बढी खर्च
खुशी माया गुरुङ ६ भदौ लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले आर्थिक वर्ष २०८२÷०८३ मा विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक तथा सामुदायिक

पत्रकार महासंघको भवन निर्माणमा त्रिवेणी क्लबको ५० हजार सहयोग
मर्स्याङदी समाचार, ६ भदौ लमजुङकै प्रतिष्ठित त्रिवेणी युवा क्लबले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिबार






प्रतिकृया दिनुहोस