Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बेसीशहर नगरपालिकाद्धारा मोवाइल एप सञ्चालन, सम्पूर्ण विवरण अब मोवाईलमै 

SITENAME


बेसीशहर नगरपालिकाले मोवाईल एप सञ्चालनमा ल्याएको छ । अब नगरबासीहरुले आफुलाई आवश्यक पर्ने सम्पूर्ण विवरण मोवाईल एप मार्फत जानकारी लिन सक्ने भएका छन् । मोवाईल एपमा नगरपालिकाको सबै वस्तुगत विवरण सँगै जनप्रतिनिधी र कर्मचारीको पूर्ण विवरण समावेश गरिएको छ । 
मोवाईल एप खोलेर नगरपालिकाले वडा र नगरबाट दिने सम्पूर्ण सेवाबारे जानकारी पाउनुका साथै नगरपालिकाको कार्ययोजना, विकासे योजनाबारे बजेट सहितको विवरण थाहा पाउन सकिने प्रमुख प्रशासकिय अधिकृत भिम प्रसाद तिवारीले बताउनुभयो । 
यस्तै विपतबारेका सुचना, नगरभित्रका महत्वपूर्ण ऐतिहाशिक एवं धार्मीक स्थलहरु, आपत्तकालिन नम्बर समेत एपमा समावेश गरिएको छ । नगरबासीले आफुलाई चाहिने विवरण थाहा पाउन मोवाईलको प्ले स्टोरमा गई अग्रेजीमा
Besishahar municipality   को एप डाउनलोड गरी विस्तृत जानकारी लिन सकिनेछ । 
यो एप हालका लागी एनड्रोड मोवाईलमा मात्र लागु हुने नगरपालिकाले जनाएको छ । नागरिकका आवश्यक सल्लाह सुझाव र गुनासो समेत एपमा समावेश हुने भएकाले समयअनुकुल परिमार्जन गरिने नगर प्रमुख गुमासिंह अर्यालले बताउनुभयो । एपको सहायताले नगरबासीले घरमै बसी बसी सम्पूर्ण विवरण प्राप्त गर्ने भएकाले धेरै सहज र सरल सेवा प्रदानमा नगरपालिका अग्रसर हुने अर्यालको भनाई छ । 

 

प्रतिकृया दिनुहोस
SITENAME

वुवाको सम्झनामा हमालले गरे सर्वोदय सेवाश्रमलाई आर्थिक सहयोग

गैंडाकोट नगरपालिका १३ बेलिया नवलपुर निवासी रामवहादुर हमालले राइनासमा रहेको सर्वोदय सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । पूर्खौली घर

SITENAME

ल्होसारमा सार्वजनिक विदा दिने गण्डकी प्रदेश मुख्यमन्त्रीको घोषणा,आर्थिक समृद्धि शहरमा मात्र सिमित नभएको उहाँको दावी

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गर्नुभएको छ । लमजुङको घलेगाउँ स्मार्ट भिलेज

SITENAME

पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग

गुरुङ समुदायले पुस १५ गते तमु ल्होसारमा राष्ट्रिय विदा पाउनुपर्ने सरकारसँग माग गरेका छन् । २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले